गोरखा । गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका प्रतिनिधीसभा तथा प्रदेशसभाका सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर २ ले शुक्रबार एक कार्यक्रमको आयोजना गरेर विजयी भएका उम्मेदवारहरुलाई प्रमाणपत्र प्रदान गरेको हो । 
जिल्ला समन्वय समितिको प्राङगण आयोजित कार्यक्रममा गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभामा विजयी भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), गोरखा क्षेत्र नम्बर २ (कं) बाट विजयी भएका प्रदेशसभा उम्मेदवार नेपाल समाज बादी पार्टीका फणिन्द्र देवकोछा र २ (ख) बाट विजयी भएका नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्रराज पाण्डे लाई प्रमाणपत्र प्रदान गरिएको छ ।
विजयी भएका सबै उम्मेदवारलाई निर्वाचन अधिकृत नारदप्रसाद भट्टराइले अबिर लगाएर प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख एवं जिल्ला न्यायधिश तेजन्द्रप्रसाद शर्मा, जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य सहित विभिन्न राजनैतिक दलका प्रतिनिधी, सरकारी तथा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी तथा सर्व साधारण र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।























