गोरखा । गोरखा क्षेत्र नम्बर १ बाट विजयी भएका प्रतिनिधीसभा तथा प्रदेशसभाका सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबार एक कार्यक्रमको आयोजना गरेर विजयी भएका उम्मेदवारहरुलाई प्रमाणपत्र प्रदान गरेको हो ।
जिल्ला समन्वय समितिको प्राङण आयोजित कार्यक्रममा गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभामा विजयी भएका नेपाली काँग्रेसका राजेन्द्र बजगाई, गोरखा क्षेत्र नम्बर १ (कं) बाट विजयी भएका प्रदेशसभा उम्मेदवार माओवादी केन्द्रका कृण्णप्रसाद घिताल र १ (ख) बाट विजयी भएका नेपाली काँग्रेसका उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
विजयी भएका सबै उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृत एवं गोरखा जिल्ला अदालतका न्यायधिस तेजेन्द्रप्रसाद शर्माले प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधी, सरकारी तथा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी तथा सर्व साधारण र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।




