गोरखा । नेपाली काँग्रेसका राजेन्द्र बजगाइ गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यमा बिजयी भएका छन् । बजगाइ जिल्मा नै सानदार मतका साथ बिजयी भएका हुन् । मतान्तरको हिसाबमा उनी जिल्लामा नै उत्कृष्ठ देखिए ।
बजगाइले १६ हजार ६८४ मतको अन्तरले एमालेका उम्मेदवार रामशरण बस्नेतलाई पराजय गरेको हो । गोरखा क्षेत्र नम्बर १ मा ५९ हजार ८९ मत खसेकोमा बजगाइले ३३ हजार ४६९ मत पाएका थिए ।
बजगाइका प्रतिस्पर्धी मानिएका बस्नेतले १६ हजार ७८५ मत ल्याएका थिए ।


