गोरखा । प्रतिनिधिसभा हालै सम्पन्न निर्वाचन अन्तरर्गतको गोरखा क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस राजेन्द्र बजगाईले करिब १३ हजारको मत अन्तरले अग्र स्थानमा रहेका छन् । बजगाई संग प्रमुख प्रतिस्पर्धी मानिएका नेकपा एमालेका रामशरण बस्नेत संग १२ हजार ९७९ मतको फराकिलो अन्तर बनाएर अगाडी भएका हुन् ।
दिउसो ५ः३० बजेसम्म ४२ हजार १२७ मत गणना हुदा बजगाईले २४ हजार ३०० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बजगाईसंग प्रतिस्पर्धामा रहनु भएका एमालेका बस्नेतले ११ हजार ३२१ मत प्राप्त गरेको छ ।
क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ३ हजार १४० मत प्राप्त गरेका छ भने मंगोल नेसनल अर्गनाइजेसन पार्टीले ५३८ मत प्राप्त गरेको कार्यालयले जनाएको छ ।
क्षेत्र नम्बर १ को प्रत्यक्ष तर्फको मतगणना आजै मध्ये रात वा बिहीबार बिहानसम्ममा सकिने अनुमान गरिएको छ । अब क्षेत्र नम्बर १ को १६ हजार ९६२ मत गन्न बाँकी रहेको पनि कार्यालयले जानकारी दिएको छ ।
यो संगै कार्यालयले साँझदेखी नै समानुपातिक मतगणना कार्यको थालनी समेत गरेको छ ।


