गोरखा । गोरखा २ बाट प्रतिनिधीसभामा उम्मेदवार भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) मत गणना बाँकी छदैमा बिजयी भएका छन् । खसेको कुल मत ५३ हजार ९७८ मत मध्ये ४१ हजार ४०७ मत गणना हुदैमा उनको मतान्तर १२ हजार ६११ पुगेको छ । अब केबल १२ हजार ५७१ मत गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मत गणना संगै अग्रता बढदै गएका प्रचण्डले अहिलेसम्म २१ हजार ७४ मत प्राप्त गरिसकका छन् । उनका प्रतिस्पर्धी मानिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले ८ हजार ४६३ मत पाएका छने भने एमालेका अब्दुस सलाम मियाँले ५ हजार ६३७ मत पाएका छन् ।


