गोरखा । निकै चर्चाको क्षेत्र रहेको गोरखाको क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल (प्रचण्ड) आफ्ना प्रतिद्वन्दी भनिएका संग १२ हजारभन्दा बढी मतअन्तरले अग्र स्थानमा रहेका छन् ।
बुधबार दिउसोसम्म ३७ हजार ३३२ मत गणना हुदा अध्यक्ष प्रचण्डले १९ हजार ५३१ मत पाएका छन् । भने उनका प्रतिद्वन्दी भनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले (घण्टी) ले ७ हजार १६७ मत पाएका छन् । प्रचण्ड र बुर्लाकाेटीकाे मत अन्तर १२ हजार ३६४ मतकाे फरक रहेकाे छ ।
उता अफुललाई प्रचण्डका निकटतम प्रतिद्वन्दी भनेर चर्चामा आएका एमालेका अब्दुस सलाम मियाँ (सूर्य) ले ५ हजार १०३ मत मात्र ल्याएको छ ।
उक्त क्षेत्रमा निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुवमा संञ्चालन गर्न नसक्दा ३७ हजार ३३२ मत गणना हुदा २ हजार १७३ मत बदर हुन पुगेको छ ।


