गोरखा । हालै सम्पन्न प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ (क) बाट माओवादी केन्द्रका कृण्ण घिताल बिजयी भएका छन् । गठबन्धबाट उम्मेवारी दिएका घितालले प्रतिस्पर्धी एमालेका उम्मेदवारलाई ५ हजार ६३४ मतअन्तले जित हात पारेको हो ।
विजयी भएका घितालले १५ हजार ४५६ मत पाएका थिए भने उनका प्रतिद्वन्दी एमालेका सुरेन्द्रबहादुर थापाले ९ हजार ८२२ मत ल्याएका थिए ।
गोरखामा बाम–लोकतान्त्रिक गठबन्धमा कम मतान्तरले जितेका घिताल मात्र एक हुन । अन्य ३ जना उम्मेवारले भने कम्तिमा ७ हजार देखी ११ हजार ५०० को मतअन्तर पारेर एमालेका उम्मेदवारलाई पराजय गराएका थिए ।
गोरखा क्षेत्र नम्बर १ (क) मा ३० हजार ६२३ मत खसेको थियो । जिल्लाको ४ वटै प्रदेश सभामा गठवन्धनले जित हात पारेको हो ।


