गोरखा । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको गोरखा क्षेत्र नम्बर १ मा राजेन्द्र बजगाई अग्रस्थानमा रहेका छन् । बजगाईले एमालेका रामशरण बस्नेतलाई कबिर ९ हजार मतले उछिनेको हो ।
खसेको मत मध्ये २८ हजार ५२६ मत गणना हुदा बजगाईले बस्नेतलाई ८ हजार ९६३ मतले पछि पारेको छ ।
प्राप्त विवरण अनुसार बजगाईले १६ हजार ७०७ मत पाउदा बस्नेतले ७ हजार ७४४ मत पाएका छन् ।
गोरखा क्षेत्र नम्बर १ मा १ लाख १५ हजार ३९७ जना मतदाता हरेको क्षेत्रमा ५९ हजार ८९ मत खसेको थियो ।


