गोरखा । प्रतिनिधिसभा तर्फको गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले १५ हजार ९५८ मत ल्याउदै प्रतिस्पर्धी भनिएकालाई ठुलो मतान्तरले पछि पार्दै आएको छ ।
प्राप्त विवरण अनुसार हालसम्म उक्त क्षेत्रमा खसेको मत मध्ये २९ हजार ४०४ मत गणना गरिएको छ । अध्यक्ष दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीलाई १० हजार ९२९ मतले उछिन्दै अग्र स्थानमा रहेका छन् ।
बुर्लाकोटीले भने ५ हजार २९ मत र एमालेका अब्दुर सलाम मियाँले ४ हजार १३२ मत पाएका छन् । मियाँले आफु प्रचण्डको प्रतिस्पर्धी भनेका थिए तर उनी मतगणना सुरु भएदेखी नै ३ नम्बरमा रहेका छन् ।
गोरखा २ मा ५३ हजार ९७८ मत खसेको छ ।




















