गोरखा । गोरखा क्षेत्र नम्बर २ को (क) मा नेपाल समाजबादी पार्टीका फणीन्द्र देबकोटा बिजयी भएका छन् । देवकोटाले एमालेका उम्मेदवारलाई फराकिलो अन्तरपार्दै जित हात पारेको हो ।
गठबन्धनका साझा उम्मेदवार रहेका देवकोटाले उक्त क्षेत्रबाट नेकपा माओवादी केन्द्रको हसियाँ हथौडा चिन्ह लिएर उम्मेदवारी दिएका थिए । उनले १२ हजार ४११ मत पाएर बिजयी भएका हुन् ।
देवकोटाको प्रतिद्वन्दी मानिएका एमालेका राजु रानाले ५ हजार ४१० मत प्राप्त गरेका छन् । रानालाई देवकोटाले ७ हजार १ मतले पछि पार्दै जित हात पारेको हो ।
उक्त क्षेत्रमा हलोले ३ हजार ३५३, लौरोले २ हजार ४०६, चीलले ७२१, भालेले ३०४ पाएको छ ।


