गोरखा । प्रदेशसभा गोरखा क्षेत्र नम्बर २ (ख) मा नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे बिजयी भएका छन् ।
बामलोकतान्त्रिक गठबन्धनबाट उमेद्वारी दिएका पाण्डेले भारी मतअन्तरले एमालेका उम्मेदवारलाई पराजय गरेका हुन् ।
बिजयी भएका पाण्डेले प्रतिद्वन्दी भनिएका एमालेका उम्मेदवारलाई ११ हजार ५२२ मतले पछि पारर्दै प्रदेशसभा सदस्यमा जित हात पारेको हो ।
उक्त क्षेत्रमा २७ हजार ३२६ मत मतगणना हुदा पाण्डेले १६ हजार ८८२ मत ल्याउन सफल भए । भने एमालेका बसन्तकुमार गुरुङले ५ हजार ३६० मत प्राप्त गरेका छन् ।


