गोरखा । हालै सम्पन्न प्रदेशसभा निर्वाचन अन्तरर्गत गोरखा क्षेत्र नम्बर १ (ख) मा नेपाली काँग्रेसका नन्दप्रसाद न्यौपाने बिजयी भएका छन् । न्यौपानेले एमालेका उम्मेदवारलाई फराकिलो मतअन्तरले पराजित गरेका हुन् ।
मुख्य निर्वाचनका कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार २९ हजार ६८६ मत गणना गर्दा बिजयी भएका न्यौपानेले १६ हजार २६१ मत पाएरका छन् । उनका प्रतिद्वन्दी मानिएका नेकपा एमालेका मोहनप्रसाद भट्टराईले ७ हजार ५३३ मत पाएका छन् ।
बिजयी भएका न्यौपानेले ८ हजार ७२८ मतको अन्तर पारेर बिजयी भएका हुन । बिजयी भएका न्यौपाने नेपाली काँग्रेस गोरखाका सभापति समेत हुन ।




















