गोरखा । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्ना प्रतिद्वन्दीलाई ५ हजारभन्दा बढी मतले पछि पारेका छन् ।
कुल १२ हजार २१७ मत गणना गर्दा प्रचण्डले ७ हजार ५७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी मानिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले १ हजार ९२९ मत पाएका छन् ।
उनी संगै चुनावी मैदानमा रहेका एमालेका अब्दुस सलाम मियाँले भने १ हजार ६७६ मत मात्र प्राप्त गरेका छन् ।
त्यस्तै गरी, मङ्गोल नेसनल अर्गनाइजेसनका सोमबहादुर गुरुङ्ले ३९२ मत प्राप्त गरेका छन् ।


