गोरखा । गोरखाको क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ । निर्वाचन सम्पन्न भएको २ दिन पछि मात्र मतगणना कार्य सुरु भएको हो ।
मतगणना केही बेर अगाडीबाट सुरु भएको मुख्य निर्वाचन कार्यालयलले जानकारी दिएको हो । उत्तरी गोरखाको चुमनुब्री गाउपालीकाबाट सोमबार साँझ नै मतपेटीका आएको थियो ।
पहिलो पटक चुमनुब्री गाउँपालिकाको ६ वटा मतपेटीका खोलेर मतगणना सुरु गरिएको छ । क्षेत्र नम्बर १ मा १ लाख १५ हजार ३९७ मतदाता मध्ये ५६ हजार ४८३ जनाले मात्र आफ्नो मताधिकार प्रयोग गरेका छन् ।
क्षेत्र नम्बर १ मा ९ दल र १ स्वतन्त्र सहित १० जनाले प्रतिनिधीसभामा उम्मेदवारी दिएका छन् ।


