गोरखा । गोरखा सदरमुकाममा केही बेर अगाडी बस दुर्घटना भएको छ । गोरखा नगरपालिका .–६ को हरमटारीमा बस दुर्घटना भएको हो । दुर्घटनामा कुनै पनि मानविय क्षति हुन पाएन ।
बस मंगलबार बिहान १०ः३० बजे दुर्घटनामा परेको हो । लोकतान्त्रिक चोकबाट खोलखोले तर्फ जादै गरेको ना. ६ ख ८९९८ नम्बरको बसको हावाको पाइप फुट्दा दुर्घटना भएको थियो ।
दूर्घटनामा परी २ जना युवती सामान्य घाईते भएका छन् । लोकतान्त्रिक चोकबाट तल जादै गरेको बसको एक्कासी हावा पाइप फुटेर ब्रेक नलागे पछि चालके घरमा भित्तामा लगेर हानेका थिए ।





