गोरखा । मंसिर ४ गते सम्पन्न प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको अन्तरर्गत गोरखा क्षेत्र नम्बर २ को मतगणना सोमबार साँझदेखी सुरु भएको छ ।
मंगलबार बिहानसम्म करिब ६ हजार मतपत्र गणना गर्दा प्रतिनिधीसभा तर्फ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ठुलो मतान्तरले अग्र स्थानमा रहेका छन् । उनले अहिलेसम्म ३ हजार ७८५ मत प्राप्त गरिसकेका छन् ।
देशैभरको चासो रहेको उक्त क्षेत्रमा अध्यक्ष प्रचण्डलाई पच्छ्याउदै राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले ९३५ मत प्राप्त गरेका छन् भने प्रचण्डका प्रतिस्पर्धी भनेर चिनिएका नेकपा एमालेका अब्दु सलाम मियाँले ८६४ मत प्राप्त गरेका छन् ।
प्रतिनिधीसभा, प्रदेशसभा सहित समानुपातीक मतको समेत गणना भईरहेको छ । जस अनुसार समानुपातिक तर्फ हालसम्म ३ हजार ८९७ मतको गणना कार्य सम्पन्न भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर २ ले उपलब्ध गराएको तथ्यांक अनुसार प्रतिनिधीसभा तर्फ समानुपातीक तर्फ हसियाँ हथौडा (माओबादी केन्द्र)ले १ हजार ७९४ मत, रुख (नेपाली काँग्रेस) १ हजार ६३ मत, सुर्य (एमाले) २९० मत र घण्टी (रास्वपा)ले २७४ मत प्राप्त गरेको छ ।
त्यस्तै गरी, प्रदेशसभा तर्फ समानुपातीकमा २ (क) मा हसियाँ हथौडा (माओबादी केन्द्र)ले १ हजार ४७८ मत र सुर्य (एमाले) ७७८ मत प्राप्त गरेको छ । प्रदेश २ (ख) मा भने रुख (नेका) ले १ हजार ४८९ र सुर्य (एमाले)ले ४६७ मत पाएको छ ।


