गोरखा l प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर-२, मा बामलोकतान्त्रिक गठबन्धनका उमेदवार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) ले अग्रता लिएका छन ।
अहिलेसम्म ५ सय ५० मत गणना हुँदा माओवादी केन्द्रका अध्यक्ष दाहालले ३ सय ९१ मत प्राप्त गरेका हुन । उनलाई रास्ट्रीय स्वतन्त्र पार्टीका उमेदवार कबिन्द्र बुर्लाकोटीले ६९ मत प्राप्त पछ्याइ रहेका छ्न ।
त्यस्तै नेकपा एमालेका उमेदवार अब्दुस मियाले ३३ मत प्राप्त गरेका छ्न । मतदान सम्पन भएको करिब २७ घण्टापछी गोरखा ढिलो गरि मतगणना सुरु भएको हो ।




















