फाईल तस्बिर
गोरखा । गोरखा क्षेत्र नम्बर २ को मतगणना सुरु गरिएको छ । दिउसो भएको सर्वदलिय बैठक पछि साँझ ५ः३० बजेबाट मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर २ ले जनाएको छ ।
दिउसो भएको राजनैतिक दलको सहमती अनुसार साँझ ५ः३० बजेबाट मतगणनाको कार्य थालनी भएको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए । उनका अनुसार अहिले मुचुल्क तयार गर्ने काम भएकोले केही बेरमा नै गणनाको कार्य थालनी हुने छ ।
क्षेत्र नम्बर २ मा कुल मतदाता संख्या १ लाख ५ हजार २४० जना रहेकोमा ५३ हजार ९७८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
उक्त क्षेत्रमा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गठबन्धनबाट प्रतिनिधीसभाको उम्मेदवार भएका छन् । त्यस्तै गरी गठबन्धनकै तर्फबाट प्रदेशसभा तर्फ २ (क) मा नेपाल समाजबादी पार्टीका फणिन्द्र देवकोटा र २ (ख) मा नेपाली काँग्रेसका तर्फबाट सुरेन्द्रराज पाण्डे उम्मेदवार रहेका छन् ।
साही क्षेत्रमा प्रचण्डका प्रत्यासी एमालेका अब्दुस मियाँ र नेपाल स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटी उम्मेदवार रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार १० राजनैतिक दल र २ स्वतन्त्र गरी १२ जना प्रतिनिधिसभाका उम्मेदवार रहेका छन् ।




















