गोरखा । उत्तरी गोरखाबाट मतपेटी ल्याउन प्रयोगमा गरिएको नेपाली सेनाको हेलीमा प्राविधिक समस्या आएपछि ग्राउन्डेण्ड गरिएको छ । उत्तरी गोरखाको चुमनुब्रीबाट मतपेटी ल्याउन प्रयोगमा ल्याइएको एए–०५६ कल साइन भएको हेली ग्राउन्डेण्ड गरिएको हो ।
उक्त हेलीले सोमबार दिउसो उत्तरी गोरखाको ८ मतदान केन्द्रका मतपेटी सदरमुकाम ल्याए लगत्तै प्राविधिक समस्या आए पछि ग्राउन्डेण्ड गरिएको हो ।
अहिले नेपाली सेनाकै २ सना हेली प्रयोग गरेर बाँकी रहेको १४ मतदान केन्द्रका मतपेटीका ल्याउन काम भई रहेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले जानकारी दिए । अधिकृत शर्माका अनुसार साँझसम्म २ लटमा सबै स्थानको मतपेटीका आइसक्ने पनि जानकारी दिए ।




















