गोरखा । उत्तरी गोरखाबाट मतपेटीका ल्याउन सुरु गरिएको छ । जिल्लाको चुवनुब्री गाउँपालिकाको २२ मतदान केन्द्रको मतपेटीका ल्याउन सुरु गरिएको हो ।
नेपाली सेनाको हेली मार्फत पहिलो लटमा ८ मतदान केन्द्रको मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बरमा १ मा आइपुगेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताए । उनका अनुसार पुनः नेपाली सेनाको २ साना हेली प्रयोग गरेर बाँकी रहेको मतदान केन्द्रको समेत मतपेटीका ल्याउने कार्य भईरहेकोले साँझसम्ममा सबै मतपेटीका कार्यालयमा आइपुग्ने छ ।
सडक सञ्जालले नछोएको चुमनुब्रीमा २२ मतदान केन्द्र रहेको पनि कार्यालयले जनाएको छ ।




















