गोरखा । गोरखा क्षेत्र नम्बर २ को मतगणना आज १० बजेपछि सुरु हुने भएको छ । मतगणनाका लागि सवै मतदान केन्द्रहरुबाट मतपेटिका ल्याई सकिएकाले सर्वदलिय बैठक बसेर सहमती गरी मतगणना सुरु गर्ने निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले जानकारी दिए ।
गोरखा नगरपालिका–९ दलभन्ज्याङ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालय, कार्यान्वयन इकाईको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गर्न लागिएको हो । मतगणनाको लागि सबै तयारी पुरा भएको छ । मतगणना स्थलमा सिसिटिभी जडानका साथै गणना स्थलमा तारजाली लगाईएको छ ।
निर्वाचन अधिकृत कोइरालाका अनुसार मतगणनाका लागि बिहान १० बजे सर्वदलिय बैठक राखेर त्यस लगत्तै मतगणना कार्य सुरु गरिने भएको छ ।
क्षेत्र नम्बर २ मा करिब ५१ प्रतिसत मत खसेको अनुमान गरिएको छ ।




















