गोरखा । आज भई रहेको प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनको हेली मार्फत रेकी भईरहेको छ । नेपाली सेनाको हेली मार्फत सुरक्षा निकायले रेकी थालेको हो ।
सेनाको हेलीले मतदान केन्द्रलाई आधार बनाएर आकाशबाट नै रेकी गरीरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिए । खनालका अनुसार बिहानदेखी सुरु भएको रेकी जिल्लाको सबै मतदान केन्द्र सकेर मात्र सकिने छ ।
मतदान केन्द्र रेकीका लागि प्रदेश स्थतरीय गृहका मेख्य सचिव, नेपाल प्रहरी डिआईजी, नेपाली सेना फुुल कर्नेल, शसत्र प्रहरी डिआईजी र राष्ट्रिय अनुसन्दानको डिआईजी संलग्न रहेका छन् ।


