गोरखा । गोरखा सदरमुकामको रानीबन क्षेत्रमा फेला परेको प्रेसरकुकर बम सेनाद्वारा डिस्पोज गरिएको छ । गोरखा नगरपालिका–८ को रानीबन क्षेत्रमा रहेको द वल्ड क्यापिटल माविमा रहेको मतदान केन्द्र नजिकै फेला परेको बम रिपुमर्दन गणका डिस्पोज टोलीले आइतबार बिहान डिस्पोज गरेको हो ।
बम राखिएको जानकारी पाए लगत्तै नेपाली सेनाको डिस्पोज टोली घटना स्थलमा खटिएका थिए । उनीहरुले आज बिहान ९ः१४ बजे बमलाई डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले बताए ।
बम रहेको स्थान मतदान केन्द्रबाट १० मिटर उत्तर पुर्वमा रहेको छ । बम फेला परे लगत्तै केही बेर मतदान रोकिएको भएता पनि अहिले मतदान सुचारु भएको छ ।
प्रहरीले बम राख्नेकाे खाेजी गरिरहेकाे छ ।




















