गोरखा । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि मतगणनाका लागि गोरखामा मतगणना स्थल तयार भएको छ ।
गोरखा–१ को लागि जिल्ला समन्वय समितिको भवन र गोरखा–२ को लागि गोरखा नगरपालिका–९ दलभन्ज्याङ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयको भवनमा मतगणना स्थल तयार पारीएको हो ।
दुवै स्थान सम्बन्धित क्षेत्रको मतदान अधिकृतको कार्यालय रहेको भवन हो । मतगणना स्थलमा तारजाली लगाएर सीसीटीभी समेत जडान गरिएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्र्माले बताए । उनका अनुसार दुवै स्थानको मतगणना स्थल तयार भइसकेको र सुरक्षालाई मध्यनजर गर्दै तारजाली र सीसीटिभी समेत जडान गरेका हो ।
गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार भएका कारण गोरखा–२ को निर्वाचनलाई विशेष रुपमा हेरिएको छ ।


