×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

विदेशी चलखेल निम्त्याउने चुनावी खेलमा केही नेपाली मिडिया

  •  गोरखा समाचार
  • मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धर्मेन्द्र कर्ण

    विदेशी शक्तिहरूका लागि आफ्ना अजेण्डा र एजेण्ट प्रवेश गराउने सर्वाधिक उचित समय कुनै पनि देश विशेषको निर्वाचन र निर्वाचन प्रक्रिया हुन्छ । यही बेलामा आफ्ना प्रभावमा रहेका मिडियालाई समेत राम्रैसँग प्रयोग गर्ने गरेको देखिएको छ । व्यावसायिक तथा स्वतन्त्रका नाममा चल्ने यस्ता मिडियाहरुले मत सर्वेक्षण, उम्मेदवारको जीतको प्रक्षेपण भन्दै प्रायोजित र हचुवामा इतिहास बोकेका पार्टी, नेतृत्वहरुलाई खुइल्याउने, मतदातालाई भ्रमित पार्ने काम तीब्र रुपमा गरिरहेका छन् । अजेण्डाविहीन युवा, जसले समाजमा थोरै पनि सकारात्मक योगदान दिएका छैनन्, तिनको सुनियोजित रुपमा सकारात्मक प्रचार गरिएका छन् । निश्चित विचार, निस्ठा, स्वाधीनताको पक्षमा लामो समय कलम चलाउने पत्रकारहरु अहिलेका केही मिडियाको ‘व्यावसायिक’ पत्रकारिताका कारण लज्जित बन्नु परेको छ ।

    अमेरिका र उसका निकटतम गठबन्धनका पश्चिमा देशहरूले गरिब तथा विकासशील देशहरूमा विभिन्न किसिमले आफ्ना अजेण्डाहरूलाई विभिन्न समयको उपयोग गरी छिराउने गरेका छन् । असंलग्न आन्दोलनको संस्थापक देशहरूमध्येको नेपाल एक हो । हुन त अहिले असंलग्न आन्दोलनका प्रभावशाली तथा अगुवा देशहरूको व्यवहारले यसले कोरेका रेखाहरू मेटिदै गएको कतिपय विज्ञहरूको भनाइ रहेको छ । असंलग्न आन्दोलनमा सामेल देशहरूले आफूलाई कुनै पनि सैनिक गठबन्धनबाट टाढा राख्न यो आन्दोलनको सुरुवात गरेका थिए ।

    दुई आसन्न छिमेकी चीन र भारतको आर्थिक शक्तिको रूपमा भइरहेको उदय र ठूलो बजारले गर्दा नेपालको भूराजनीतिक अवस्थिति आकासिएकाले पश्चिमाहरूको अगुवा अमेरिकाको आँखा यहाँ परेको हो ।

    अमेरिकाले नेपालको समग्र प्रतिनिधिमूलक सामाजिक, आर्थिक, राजनीतिक संगठनमा आफ्ना पक्षधरलाई निरन्तर बलियो पार्न मिडियाको उपयोग गरिरहेकोमा शंका छैन ।

    अमेरिकाले कतै कतै सिधा तथा प्रत्यक्षरूपमा आफ्ना हित सम्वद्र्धन गर्नेहरूलाई खुल्ला सहयोग गर्ने गरेको छ । निकट विगतका केही प्रसङ्ग उल्लेख गर्नुपर्दा भेनेजुयला र हङकङलगायतलाई लिन सकिन्छ । भेनेजुयलाका राष्ट्रपति निकोलस मुदुरो निर्वाचनबाट निर्वाचित भए । उनी अमेरिकी हैकम र वर्चस्वका अगाडि झुक्न नमानेपछि बलपूर्वक सत्ताच्युत गराउन त्यहाँका प्रतिपक्षीमध्येका एक दलका नेता जुआन गुआइदोलाई यतिधेरै हावा भरियो कि उनले आफूलाई अन्तरिम राष्ट्रपति भएको घोषणा गरी आन्दोलन छेडे । तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिकारीहरूले भएभरको तागत लगाए तर त्यहाँको सेनाले मदुरोलाई साथ दिएपछि त्यो आन्दोलनबाट गुआइदोले अपेक्षित सफलता प्राप्त गर्न सकेनन् । अहिले राष्ट्रपति जो बाइडेनको सरकारले उनै मदुरोसँग तेल खरिद गर्ने सम्झौता गर्न सम्बन्ध सुधार गर्ने प्रयास गरेका छन् । हिजोसम्म नेता मानेका प्रतिपक्षी दलहरूले पनि अब गुआइदोलाई नेता मान्न थालेका छन् । अमेरिकाले आफ्नो वर्चस्व कायम गर्न जो सुकैलाई उपयोग गर्ने र फाल्ने नीतिमा चलेको ज्वलन्त नमूना हो ।

    त्यतिमात्रै होइन, दक्षिण एसियाली देश अफगानिस्तानमा आफ्नो भनी राष्ट्रपति बनाएका अब्दुल गानीले पनि अब आफ्नो संरक्षण नगर्ने भन्ठानेर त्यहाँबाट पलायन गरेको पनि धेरै भएको छैन । अमेरिकाले आफ्ना अजेण्डामा फसाउन उसले विभिन्न हत्कण्डा अपनाउँछ । नेपालको उच्च भूराजनीतिक अवस्थितिको दोहन गर्न प्रारम्भिक सफलता एमसीसीबाट पाइसकेको छ । एमसीसीको प्रखररूपमा वकालत गर्ने केही नेताहरू मंसिर ४ बाट बाहिरिएका छन् भने जो चुनावमा भाग लिरहेका छन्, तिनका विरुद्ध स्वतन्त्रनामधारी मिडियालाई सुनियोजित प्रचार गर्न लगाइएको छ र उनीहरुका अनुकूल पात्रलाई पिठ्युमा धाप मारी निर्वाचनमा पठाइएको छ । रवि लामिछानेहरूले स्वतन्त्रपार्टी नै खोलेर तिनको अजेण्डामा समर्थन जनाउने गरी खडा भएको यो मामिलासँग निकट रहेका अमेरिकी दूतावाससम्बद्ध स्रोतको भनाइ छ ।

    स्रोत भन्छ “हाम्रामा सित्तै पाए अलकत्रा खाने मानसिकता भएकाहरूले उनीहरूको अजेण्डालाई उचाल्ने नै भए । रवि अमेरिकी अजेण्डामा फर्किएको आशंका गर्ने ठाउँ छ र ?”

    स्रोतका अनुसार रविको स्वतन्त्र पार्टीमा अमेरिकी अजेण्डा बोक्ने प्रत्यक्ष व्यक्ति पनि छन् भने ती व्यक्तिहरूको धापमा सो पार्टीबाट चुनाव लडिरहेका छन् । कतिपय रविको पार्टी भन्दा बाहिर रहेर चुनाव लडिरहेका छन् ।

    कतिपय नाम चलेका मिडियाहरूले जित्ने उम्मेदवारहरूको बीचमा रवि लामेछानेसहित उनका पार्टीका केही उम्मेदवारहरुको नाम प्रायोजित रुपमा उचालेर चर्चामा ल्याइ दिने गरेको पाइन्छ । अर्कोतर्फ मिडिया अनुमोदनको नाउँमा यस्ता व्यक्तिहरूलाई राजनीतिमा स्थापित गराउने काम भइरहेको छ । अनुमोदनका आधार लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशी प्रणाली तथा नेपालको संविधान २०७२को संरक्षण, संवद्र्धन गर्ने विषय तय गरिएको छ । तर, अनुमोदन गरिएका यस्ता थुप्रै अनुहारहरूलाई हे

    कि त आधार कि त व्यक्ति दुवैमध्ये एक गलत भएको ठहर्छ । अथवा, भनौ एक किसिमको भ्रम छर्ने काम गरिएको देखिन्छ ।
    माथिको आधारमा पात्रहरू चयन गर्नुपर्ने हो भने पहिलो आधार अहिलेको सत्ता गठबन्धनबाट शीर्ष नेतृत्व छनौट गरिनुपर्ने थियो । तर, त्यसो गरिएन । लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशी प्रणाली तथा नेपालको संविधान २०७२को संरक्षण संवद्र्धन गर्ने विषयका लागि दलीय प्रणाली अन्तर्गत दल प्रधान हुनुपर्ने हो । नीति प्रधान हुनुपर्ने हो । योगदान दिएका र ठूलो पार्टीको अगुवाइ गरिरहेका नेतृत्व प्रधान हुनुपर्ने हो । यसरी उपर्युक्त आधारमा लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशी प्रणाली र संविधानप्रति प्रतिबद्ध दलहरूको गठबन्धन भनेको पाँच दलीय गठबन्धन हो । यसमा सामेल राजनीतिक दल कोही राजनीतिकरूपमा बेमेल छ भने त्यो जनमोर्चा हो जसले संघीयतालाई मानेको छैन । अन्यथा राजतन्त्रको वकालत गर्ने दल यो गठबन्धनमा कोही छैन । बाँकी सबै राजनीतिक दलले लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशी प्रणालीका लागि प्रतिबद्धता जनाएर लडेका दलहरू हुन् ।

    अर्को गठबन्धन वा पार्टीहरू र तिनका नेताहरू देशका प्रमुख लोकतान्त्रिक गणतान्त्रिक संघीय आन्दोलनहरूमा थिएनन् । भए पनि मन नलागी नलागी आएका थिए कि त जसरी पनि संसदमा पुगेर तर मार्नेहरू रहेका छन् । अर्को गठबन्धनको सबैभन्दा ठूलो औपचारिक दल पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमालेका अध्यक्ष आफै गोरु बयल गाडा समूहका प्रणेता हुन् । राजवादी दलका नेता हुन् । यो संविधान मास्नेवाला नेता हुन् । महेन्द्रवादी नेता हुन् ।अर्को ठूलो दल जसपालाई पनि न देश न मधेशको चिन्ता छ । उनलाई संसदमा जसरी पुग्ने बाटो चाहिएको छ । ओलीलाई संविधान मास्ने भन्ने पार्टीले अन्तिम समयमा संविधानका संरक्षक भनी गठबन्धन बनाएर चुनाव लड्न जानु यसको पुष्टि गर्छ । अन्य दलहरू त छँदै थिएन् । चाहे रवीन्द्र मिश्रहुन चाहे रवि लामेछाने हुन कि त सीके राउत हुन सबै राजनीतिक आन्दोलनमा आहुति दिने बेला हराएका थिए भने प्रसादको ठूलो भाग आफ्नो पोल्टामा पाउने गरेजस्तो प्रदर्शन गरिरहेका छन् ।

    देशको राजनीति कुनै न कुनै विचार नीति, योजना र नेतृत्वका आधारमा चल्छ र चल्नु पर्छ । अमेरिकाको वर्चस्व गुम्दै गएको छ । उसलाई चीनबाट ठूलो धक्का मिलिरहेको छ । युक्रेनमा युद्ध गरिरहेको रुसलाई अमेरिकाले आफ्नो प्रमुख शत्रु ठानिरहेको छैन । उसले चीनलाई आफ्नो प्रमुख शत्रु वा प्रतिस्पर्धी मानिरहेको छ । ठानिरहेको छ । यस्तोमा यी दुई बीचको भीषण संघर्ष र प्रतिस्पर्धा हुनेमा शंका छैन । सुनियोजित प्रचार गरिएका र जीतको प्रक्षेपण गरिएकाहरुमा कुनै सैनिक संगठन वा सैन्य रणनीतिमा नेपाल सामेल हुन नहुनेहरुको वकालत गर्ने व्यक्ति समावेश भएको देखिदैंन । नेपाली हितमा खडा भएको कुनै मिडियाबाट अनुमोदित वा प्रक्षेपित उम्मेदवारहरू नपर्नुले शंका सहज उपस्थित गराउँछ । अनि अनुमोदित व्यक्तिहरूको अनुहारले भ्रम सिर्जना गर्छ । जसको आवरणमा बिराला पठाउने काम भइरहेको छ ।
    इशारा परेकाले म्याउँ गर्न लगाइन्छ । यस्ता बिरालाहरू संसदमा पुगे तिनका म्याउँको कोलाहलमा असंलग्नताका बाँकी रेखाहरू मेटाउने काम हुनेमा शंका छैन । एमसीसी पारित गर्दा नेपाल सैनिक संगठनमा सामेल नहुने र यो परियोजना यसमा सामेल छैन भनी गरिएका प्रतिबद्धताहरूलाई मिल्काइन्छन् । स्वतन्त्रका आवरणमा बिराला खडा गडिएका छन् ।

    असंलग्नताका बाँकी धर्काका मेटिएर नेपाल कुनै सैनिक गठबन्धनमा फसे त्यसको परिणाम सोच्न पनि सकिँदैन । परिदृश्यले केही नेपाली मिडियाहरूले विदेशी चलखेल निम्त्याउने चुनावी खेलमा लागेको देखिएको छ ।

    उम्मेदवारहरुको मिडिया मेनेजमेण्टका नाममा कतिपय स्थापित मिडियाले आर्थिक लिएर यस्तो प्रायोजित प्रचार, प्रक्षेपण गरेको हो भने पनि त्यसले मिडियाको स्वतन्त्रता, निष्ठा, आदर्शलाई थप स्खलित गराउने छ । यदि विदेशी अजेण्डा बोकाउनका लागि कुनै विदेशी शक्ति केन्द्रले यसरी प्रायोजित प्रचार गराएको हो भने चाहिं देशको सार्वभौमसत्ताका लागि धेरै ठूलो घात हुनेछ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.