×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

तथाकथित बैकल्पिक राजनीति : राजावादी भ्रम र बिदेशी स्वार्थ

  •  गोरखा समाचार
  • मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    महेश्वर दाहाल

    हिजोका दिनमा निकै ठूलो तामझामसहित बीबीसीका पूर्व पत्रकार रवीन्द्र मिश्रले वैकल्पिक राजनीतिको कुरा गरे । दुई÷चार वर्ष साझा र विवेकशील भन्दै उपरी हल्ला पनि निर्माण गरे । उनको वैकल्पिक राजनीति पुरानै राजतन्त्र फर्काउने नियत हो भनेर चौतर्फी विरोध भयो । प्रारम्भमा त उनले त्यसको खण्डन गरे । तर, आफ्ना छद्म सोचमा स्वाभाविक असफल भएपछि उनी राजतन्त्र र हिन्दुराष्ट्रको वकालत गर्ने राप्रपाको शरणमा पुगेका छन् । र, उनी राजावादी हुन् भन्ने बुझाइलाई अन्ततः आफैंले सावित गरेका छन् ।

    आज राजतन्त्र वकालतको आवरणसहित उनी नेपालमा प्रतिगमन स्थापित गर्ने र पश्चिमा शक्ति केन्द्रको पक्षपोषण गर्ने काममा सक्रिय छन् । उनी जे थिए, अहिले म्याउँ गरे । राजावादी पार्टी राप्रपामा प्रवेश गरे । अब उनको बारेमा कसैलाई भ्रम छैन ।

    त्यस्तै, अमेरिकामा धेरै वर्ष बसेका, उतैको नागरिकता लिएर पछि छाडेका रवि लामिछानेले तथाकथित स्वतन्त्र पार्टी खडा गरेका छन् र उनको पार्टीको विचार, योजना र सिद्धान्त भन्ने नै केही छैन । युवापुस्ताको नेतृत्व र भ्रष्टाचार बिरोधको जलपमा मात्र आफूलाई सिंगारिरहेका छन । नेपालमा बढ्दो अमेरिकी वा पश्चिमाहरुको प्रभावबारे उनले केही बोलेकै छैनन् । बरु पश्चिमा लगानीका सामाजिक सञ्जाल, पश्चिमा प्रभावका अनलाइनसहित केही मिडियाको प्रायोजित प्रचारमा रातारात उनी हिरो बनाइएका छन् ।

    अहिले रवि र उनका पार्टीका उम्मेदवारहरुलाई पश्चिमा प्रभावका मिडियाहरुले नै बेस्सरी उछालिरहेका छन् । मानौं, उनीहरुले निर्वाचन जितेमा देशमा एकाध वर्षमा नै कायापलट हुन्छ । तिनीहरुले पार्टीहरू, त्यसको नेतृत्व र कार्यकर्तामाथि निरपेक्ष प्रहार केन्द्रीत गरिरहेका छन् ।

    पार्टीहरुमाथि, राजनीतिक रूपमा आम मुक्तिको संघर्ष गरेर स्थापित नेतृत्वमाथि प्रहार गरेर नै यो संघीय गणतान्त्रिक प्रणालीमाथि आक्रमण गर्न सकिने सुबिचारित नियत उनीहरूको छ ।

    विचार, राजनीति र सिद्धान्त नभएकाहरूको भीड बढाउने, शक्ति केन्द्रको कठपुतली भएर नेपाललाई विदेशीको क्रिडास्थल बनाउने नियत बैकल्पिक भनिनेहरूको मूल योजना हो । युक्रेनमा हाँस्य कलाकार भ्लादिमिर जेलेन्स्की जस्तो कच्चा नेतालाई स्थापित गरेर रुसका विरुद्ध प्रयोग गरे जस्तै नेपालमा चीन र भारत विरुद्ध बैकल्पिक भनिनेहरूलाई प्रयोग गर्ने रणनीति अमेरिकी र पश्चिमाहरूको देखिन्छ ।

    रवीन्द्र मिश्रको पतनपछि उनको नयाँ अवतारका रुपमा देखिएका रवि लामिछाने जस्ता स्वतन्त्रहरूले पार्टीहरू र नेतृत्वको केही कमजोरीमाथि आक्रमण गर्ने, त्यसमार्फत प्रणालीमाथि नै प्रहार गर्ने र नेपालमा पश्चिमाको प्रभावलाई सुदृढ गर्ने भूमिका जवर्जस्त जारी राखेका छन् ।

    राजनीतिमा अनुभवी वा उमेर ढल्किएकाहरूको निरपेक्ष विरोध र युवा भनिनेहरूको निरपेक्ष समर्थनले के संकेत गर्छ भन्नेबारे एउटा छोटो कथा छ । कुनै सानो राज्यको प्रमुखले उर्दी लगायो, “बूढाबूढीलाई मिल्काउनु पर्छ, युवाहरू मात्रै हुनुपर्छ ।” सबैले परिवारका आमाबाबुलाई जङ्गलमा राख्नुपर्ने भयो । तर, एउटा परिवारमा एक बूूढी आमै र एक छोरा मात्रै थिए । उर्दी सुनेकी आमाले छोरालाई “बाबु मलाई खोई जङ्गल पठाएको त रु ” भन्दा छोराको मन साह्रै दुख्यो । उसले आमालाई जङ्गल पठाउने निर्णय त्यागेर घरभित्रै एक गोप्य ठाउँ बनाएर भूमिगत राख्यो ।

    केही दिनपछि गाउँमा बूढाबूढी बिरोधी आए । उनीहरूले घरमा बूढाबूढी भए आक्रमण गर्ने, तर के हो बुझ्न प्रश्न गरिने बताए । जबाफ दिए आक्रमण नगर्ने वाचा थियो । गाउँमा कोही बूढाबूढी थिएनन् । युवा नै युवा थिए । प्रश्नको जवाफ फेला परिरहेको थिएन । जवाफ दिने समय घर्किरहेको थियो । आमालाई खाना दिन छोरा भूमिगत कोठामा गएको बेला आमाले आक्रमणकारी आएको चाल पाइन । सोधिन्, “के भयो छोरा रु” छोराले बेलीविस्तार बताएपछि आमाले चिन्ता नलिन भन्दै खुसुक्क जबाफ बताइदिइन् । छोराले आक्रमणकारी प्रमुखकोमा गएर त्यही जवाफ दियो । यसरी त्यो गाउँ आक्रमणबाट जोगियो ।

    सैनिक तानाशाही सत्ताको कब्जाबाट मुक्त भएको ल्याटिन अमेरिकी देश ब्राजिलका जनताले असी टेक्न लागेका लुला दा सिल्भालाई फेरि राष्टपति पदमा हालै जिताएका छन् । यसबीचमा उनलाई निर्वाचनबाट रोक्न भ्रष्टाचार सम्बन्धी कतिपय मुद्दा लगाएर जेल हालिएको थियो । यसअघिको निर्वाचनबाट प्रायोजित रुपमा अमेरिकीपरस्त पूर्व सैनिक अधिकारीलाई जिताइयो । उनले जितेपछि देश झन अस्थिर, आर्थिक रुपमा कमजोर भयो । त्यसैले यसपटकको निर्वाचनमा लुलालाई फेरि जनताले जिताए । यसैले यहाँ बूढा र युवा भन्ने कुरा राजनीतिमा हुँदैन । यहाँ नीति, विचार, योजना प्रमुख हुन्छ ।

    अहिले नेपालमा पनि बूढाबूढीलाई राजनीतिबाट मिल्काउने भनेर एकथरीले नारा लगाइरहेका छन् । त्यसमा रवि लामिछाने र उनको पार्टी अग्रिम मोर्चामा देखिएको छ ।

    स्वयंले वर्षौँसम्म विदेशी डलर कमाएका, निरंकुश राजतन्त्र समाप्त भएको चिन्तामा आफैलाई नजरबन्द गरी मृत्युवरण गरेका मनुजबाबु मिश्र पुत्र रवीन्द्र गत चुनावमा पराजीत भएपछि पश्चिमाहरूको ’डिजाइन’ कमजोर प¥यो । अहिले उनीहरू रवि लामिछानेहरूलाई प्रयोग गर्दैछन् । रवि लामिछानेहरूले एमसीसी, एसपीपी जस्ता देशको सार्वभौमसत्ता जोडिएका मुद्दाहरूमा धारणा बनाउन नपर्ने तर अब युवाहरू आउनुपर्ने निरपेक्ष नारा फलाकिरहेका छन् ।

    रवि लामिछानेहरू जस्ता विचार, दर्शन र आदर्श नभएकाहरू राजनीतिमा आउँदा युक्रेन, ब्राजिलको जस्तो हविगत नेपालमा हुनसक्छ । विदेशीले सिंगारेका हल्का मुद्दाहरु उठाएर राष्ट्रिय मुद्दा छोप्ने यस्ता पात्रहरू पूरै प्रायोजित हुन सक्छन ।

    राजनीतिक दलहरूले गणतन्त्रका लागि बलिदानको विरासत बोकेका छन् । त्यहाँ विभिन्न आग्रह, आवरण र पृष्ठभूमिका मानिसहरू हुनु स्वाभाविक हो । तर, सबै बूढाहरू राजनीतिमा फेल हुने भए शक्तिशाली अमेरिका र अन्य लोकतान्त्रिक देशका राष्ट्रपति र नेताहरूलाई हेरे भयो । त्यहाँ समस्या छैन भन्ने होइन, त्यहाँका र नेपालका समस्या फरक हुन सक्छन् । तर, नेता बूढा भए, अब पुराना पार्टीहरूले काम गर्न सक्दैनन् भन्ने आग्रह सिद्धान्तहीन आग्रह हो । ती त विचार तथा आदर्शमा संगठित भएका हुन् । तिनले कयौं युवा वा अनुभवी पुस्तालाई जिम्मेवारी र नेतृत्वहरू हस्तान्तरण गरेका छन् । र, आफू पनि पद्धतिबाटै, पार्टीको विश्वास जितेरै नेतृत्व भइरहेका छन् । त्यसैले स्वनामधन्य स्वतन्त्रहरूले बूढाबूढीलाई राजनीतिबाट मिल्काउँ भन्नु नेपालको परिवर्तन विरोधी विदेशी आकांक्षा हो ।

    अहिले बिश्वब्यापी रूपमा पश्चिमाहरूको वर्चस्व गुम्दै गइरहेको छ । एसियाली शक्तिहरू उदीयमान भइरहेका छन् । चीन अमेरिकाको एक नम्बर प्रतिस्पर्धी भएको हालै मात्र अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको एक रिपोर्टमा समेत सार्वजनिक भएको छ । अमेरिकाले नै हो, युक्रेनमा युद्ध सिर्जना गर्न लगाएको । ऊ ताइवान र इन्डोप्यासिफिक क्षेत्रमा समेत युद्ध चर्काउन खोजिरहेको छ । यसको बृहत रणनीतिका लागि नेपाललाई सामरिक प्रयोग गर्ने प्रारम्भिक सफलता उसले सडक प्रतिरोधका बाबजुद संसदबाट एमसीसी पारित गरेर पाइसकेको छ । तर, माओवादी केन्द्रजस्ता देशभक्त पार्टीहरूकै कारण एमसीसीमा नेपालले आफ्नो शर्त पनि नत्थी गरेर पठाएको छ । त्यो शर्तबारे अमेरिका हालसम्म चुँइक्क बोलेको छैन । त्यसैले नेपाललाई पश्चिमाहरूको क्रिडास्थल बनाउने काममा स्वतन्त्र नामधारी पार्टी र व्यक्तिहरू विशेषरूपमा परिचालित भएका छन् ।

    युक्रेनमा लामो समयसम्म अमेरिकी एजेन्टहरूले ’राजनीतिक आन्दोलन’ सिर्जना गराएर अस्थिरता कायम राख्ने नीति लिएका थिए । परिणामतः हास्यकलाकार भ्लादिमिर जेलेन्स्की आफै समाप्तिको सन्निकट छन् र देशलाई संकटमा पारिदिएका छन् । नेपालको पनि त्यही नियति बनाउने प्रयास अमेरिकाले गरिरहेको छ । अमेरिकी स्वार्थका प्रवृत्तिहरू सबै राजनीतिक दलमा छन् । तिनले प्रत्यक्ष र परोक्ष प्रभाव जमाएर एमसीसीमा समेत नेताहरूलाई बाध्य पारेको देखिएकै हो ।

    त्यसैले यो निर्वाचनमा देशभक्त र संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानको सही संरक्षक तथा यसलाई थप सुदृढ गर्नुपर्ने बिचार–मान्यताहरुलाई पहिचान गर्नुपर्नेछ । क्षणिक आवेग हेरेर होइन, सामान्य असन्तुष्टि हेरेर होइन, समग्र परिस्थिति हेरेर देशलाई पश्चिमा शक्ति केन्द्रको क्रिडास्थल बनाउने पात्र र प्रवृत्तिलाई उखेल्नु पर्नेछ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.