गोरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) का अध्यक्ष एबम गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल (प्रचण्ड ) ले प्रतिगमन कायम रहेसम्म बाम-लोकतान्त्रिक गठबन्धन कायम रहने बताएका छन् ।
`जबसम्म शान्ति र संविधान खतरामा पर्छ त्यति बेलासम्म यो गठबन्धन कायम हुन्छ, उनले भने, पाँच बर्ष मात्र होइन, दस बर्ष, पन्ध्र बर्षसम्म पनि यो गठबन्धन कायम रहन सक्छ।´
गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुदै उनले शान्ति सम्झौताको मुख्य सम्झौता कर्ता काग्रेस र माओवादी नै भएकाले अब शान्ति, सविधानको रक्षा र आर्थिक क्रान्तिका लागि पनि अहिलेको गठबन्धन नै प्रमुख आवश्यकता रहेको बताए । उनले काग्रेस र माओवादी मिलेर देशमा शान्ति र सविधान सम्भव भएको भन्दै अब आर्थिक क्रान्ति पनि माओवादी र काग्रेसकै नेतृत्वमा बनेको गठबन्धनले गर्ने बताए ।
`१० बर्षे जनयुद्ध लम्बिदै जादा दुबै पक्षको हारजितको अबस्था हुने स्थिती थिएन, उनले भने, बृहत शान्ती सम्झौता नगरेको भए देशको सार्बभौमसत्ता खतरामा पर्ने अबस्था थियो त्यसलाई बुझेर काग्रेस र माओवादी मिलेर शान्ती सम्झौता गरेका हौ ।´
उनले शान्ति सम्झौता नगरेको भए देशमा हजारौं मानिसको ज्यान जानसक्ने र बिदेशी सेनाको प्रवेश गर्नसक्ने खतरा देखिएकाले देशको हित र रक्षाका लागि गरिएको शान्ति सम्झौता देश अहिलेको अबस्थामा आइ पुगेको बताए ।
उनले क्रान्तिको नेतृत्व गोरखाबाट नै भएको भन्दै अब रास्ट्रीय एकता र आर्थिक समृद्धिको नेतृत्व पनि गोरखाबाट नै हुने बताए ।
गोरखामा कृषिमा आधुनिकरण र व्यावसायिकीकरण गर्न सकिने, पर्यटकिय क्षेत्र, औद्योगिक क्षेत्रको रुपमा बिकास गर्न सकिने जिल्ला भएको भन्दै गोरखाबाट आर्थिक समृद्धिको अभियान थालनी गर्न सकिने प्रचुर सम्भावना रहेको उल्लेख उनले गरे।


