गोरखा । नेपाली काग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) शान्ति र क्रान्ति दुबै प्रक्रियाको नायक भएका छन् । गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुदै उनले गिरिजाप्रसाद कोइराला जस्तै प्रचण्ड पनि शान्ति र क्रान्ति दुबैको नायक भएको बताएका हुन् ।
`शान्ति र क्रान्ति दुबैको नायक इतिहासमा कमै जन्मन्छ्न, बरिस्ठ नेता पौडेलले भने ,प्रचण्ड पनि त्यस मध्येका एक नेता हुनुहुन्छ ।´ उनले काग्रेस लगायतका गठबन्धनका दलहरुले प्रचण्डको गोरखा आबस्यकता ठानेर नै गोरखा पठाएको बताए ।
बरिस्ठ नेता पौडेलले इतिहासको कुरालाई बिर्सेर सविधानको रक्षाका लागि यो गठबन्धन बनेको भन्दै यहीँ अब गठबन्धनले मात्र रास्ट्रलाई समृद्धिको दिशामा लैजान सक्ने बताए ।
`हैसिया हथौडासग डराउनु पर्ने अबस्था छैन, उनले भन्नुभयो, रुखले हसिया हथौडालाई भोट हाल्नुस, रुखले हसिया हथौडालाई भोट हाल्नुस यहीँ बाट रास्ट्रीय एकता सुरु हुन्छ ।´ बरिस्ठ नेता पौडेलले प्रचण्डले निर्वाचन जितेर गएपछी उनले यो देशको नेतृत्व गर्नसक्ने बताउनुभयो । रासस


