गाेरखा । लायन्स क्लव अफ गोरखा दरौदीले पिस पोष्टर कन्टेष्ट कार्यक्रम सम्पन्न गरेको छ । गोरखा नगरपालिकाको छेवेटारमा रहेका तारा माविमा पिस पोष्टर अन्तर्गत चित्रकला प्रतियोगिता सम्पन्न भएको हो ।
११ देखि १३ वर्ष उमेर समुहका वीच हुने प्रतियोगितामा ३५ जनाको सहभागिता रहेको थियो । प्रतियोगिता अन्तर्गत कक्षा ५ देखि ७ सम्म तारा माविमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको क्लवका अध्यक्ष रमेश विष्टले वताए । प्रतियोगितामा कक्षा ७ की प्रतिक्षा तामाङ विजयी भएकी छिन् ।

विश्वभरी नोभेम्वर महिनामा संचालन हुने ग्लोवल प्रतियोगीताका उत्कृष्ट २३ ले ५०० डलर र उत्कृष्ट १ ले ५ हजार अमेरिकी डलर राशीको पुरस्कार पाउने छन् ।
आजको उत्कष्ट चित्रलाई नेपालभर प्रतिष्पर्धा गराइने र त्यहाँवाट उत्कृष्ट ठहरिए ग्लोवल प्रतिष्पर्धाको लागि पठाइने अध्यक्ष विष्टले जानाकारी दिए । प्रतियोगिताको विजयीलाई विद्यालयमा एक कार्यक्रमका वीच प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो ।
‘लिड विथ कम्प्यासन’ थिममा प्रतियोगिता संचालन भएको क्लबले जनाएको छ ।
यसै बिच नोभेम्वर २ मा भएको क्लवको सातौं वर्षगाँठदेखि १० दिन लामो आँखा शिविर समेत सञ्चालनमा आएको थियो । शिविरमा ५ हजाार ४०० जनाको आँखा परीक्षण गरेको क्लवले जानकारी दिएको छ ।




















