साँकेितक तस्बिर
गोरखा । उत्तरी गोरखामा सडक निर्माणका क्रममा माथिबाट खसेको ढुङाले लागेर १ जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ सुन्दरबजार नगरपालिका–५ का ३५ बर्षिय ओमबहादुर गुरुङ भएको गोरखा प्रहरीले पुष्टी गरेको छ ।
बेनीघाट–आरुघाट–आरर्खेत–लार्के सडक निर्माण गर्ने क्रममा धार्चे गाउँपालिका–३ को काला पत्थरस्थित सडकमा काम गरी रहेका गुरुङलाई माथिबाट खसेको ढुङाले लागेर मृत्यु भएको थियो ।
बुधबार भएको उक्त घटनामा गुरुङको घटना स्थलमा नै मृत्यु भएको गोरखा प्रहरीले जानकारी दिएको छ ।


