गोरखा । गोरखा क्षेत्र नम्बर २ प्रदेश सभा (ख)का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार सफिदिन मियाँ आज एक कार्यक्रम बिच माओवादी केन्द्रमा प्रवेह गरेका छन् । मियाँले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को हात बाट सदस्यता लिदै राप्रपा परित्याग गरेको जनाएका हुन् ।
मियाँले शुक्रबार प्रेस विज्ञप्ति नै जारी गरी आफ्नो उम्मेद्वारी आजैदेखी निष्कृय पार्दै माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गरेको हो ।
मियाँले आन्दोलनको मियो शान्ति र क्रान्तिका नायक प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको उम्मेद्वार भएर आउनु गोरखाली जनताको लागी गौरवको विषय भएको उल्लेख गरेका छन् । ‘मैले नेपालको आन्दोलनको मियो शान्ति र क्रान्तिका नायक प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको उम्मेद्वार भएर आउनु हामी सम्पूर्ण विकास प्रेमी गोरखाली जनताको लागी गौरवको विषय ठानी मैले राष्ट्रको आवश्यकता र स्थानीय माओवादी केन्द्रका कमरेडहरुको आग्रहलाई स्वीकार गर्दै म गठबन्धनको कार्यनितिलाई सहि ठानी आजैदेखी माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गर्दछु ।’
उनले बाम लोकतान्त्रिक गठबन्धनलाई पूर्ण रुपले सहयोग गरी गठबन्धनका साझा उम्मेद्वार क्रमश पुष्पकमल दाहाल (प्रचण्ड) र सुरेन्द्रराज पाण्डेलाई सो क्षेत्रबाट जिताउने उनले प्रतिबद्धता गर्नुभयो ।
मियाँ सिरानचोक गाँउपालिका–३ हर्मी मकुनडाडाँ निवासी स्थानीय हुन । उनलाई माओवादी केन्द्र अध्यक्ष प्रचण्डले माला लगाएर पार्टीमा प्रवेश गरेका थिए ।



