गोरखा । नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा गोरखा क्षेत्र २ अन्तर्गत प्रदेश सभा (ख) का उमेदवार सुरेन्द्रराज पाण्डेले प्रचण्ड गोरखाका लागि ठूलो रुखको छाहरी भएको बताए ।
गोरखाको सिरानचोक गाउँपालिकाको हर्मीमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गदै उनले गोरखाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेद्बारी पाउनु गोर्खाली जनताका लागि गौरवको कुरा भएको बताएका हुन् ।
उनले ‘ठूलो रुखको छाहारीको ओत लागे एक झर पानी ओत्छ भन्ने नेपालीमा एउटा उखान नै छ’, उनले भने, ‘प्रचण्ड गोरखाका लागि एउटा एउटा ठूलो रुखको छाहारी हो ।


