गोरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी एकता, संविधान र जनता प्रती इमान्दार नदेखिएको बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुसग भोट माग्न २ दिनदेखि गोरखामा रहेका उनले आज बिहान सिरानचोक गाउँपालिकाको नयाँसाघुमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै ओलीकै कारण संविधान धरापमा परेको बताएका हुन् ।
अध्यक्ष दाहालले झन्डै दुई तिहाइ प्राप्त पार्टीलाई ओलीको ब्यक्तिगत महत्त्वकाङक्षाले ध्वस्त बनाएको भन्दै फेरि एमालेलाई भोट दिनु भनेको संविधान च्यात्न भोट दिएजस्तै मात्रै हुने उल्लेख गरे । उनले काँग्रेस सहित माओवादी, एकीकृत समाजबादी लगायतका पार्टीको शसत्त आन्दोलने प्रतिक्रान्ति टरेको समेत बताए ।


