गोरखा । नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले आफ्नो गाउँ टोलमा आफ्नै भन्ने मान्यताको गणतन्त्र माथी खतरा हुदै गएकोले बाम लोकतान्त्रिकका साझा उम्मेदवारलाई बिजयी राएर संविधान र गणतन्त्रको रक्षा गर्न आग्रह गरे ।
आसन्त प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनको शिलसिलामा गोरखा क्षेत्र नम्बर २ को सिरानचोक गाउँपालिका नयाँ साँघुमा भएको कोणसभालाई संबोधन गर्दै नेता पाण्डेले यो कुनै ब्यक्ति छान्ने वा पार्टी छान्ने गठवन्धन नभएको । यो केवल संविधानको रक्षाका लागि मात्र गठबन्धन भएकोले साझा उम्मेदवारलाई बिजयी गराउन सके आफ्नो गाउँ टोलमा आफ्नै सरकार हुने बताएका हुन् ।
नेता पाण्डेले सबै धर्म, जाती र भाषाको अधिकार सहितको संविधान पाएको भएता पनि यस माथि पश्चगामीहरुले आक्रमण गर्न थालेकोले संविधानको रक्षा र गणतन्त्रको रक्षाकोलागि पनि मंसिर ४ गते बाम लोकतान्त्रिक उम्मेदवारलाई अत्याधिक मत दिएर जिताउन कार्यकताहरुलाई आग्रह गरे ।
नेता पाण्डेले संविधान च्यात्ने र गणतन्त्र फालेर राजतन्त्र ल्याउने तर्फ एमाले सहितको गठबन्धन बनेको बताए । उनले ‘हामीले ल्याएको ब्यव्स्था रक्षा गर्ने कि भत्काउने, हामीले प्राप्त गरेको संविधानलाई बनाउने कि फाल्ने, हामीले प्राप्त गरेको गणतन्त्रलाई राख्ने कि त्यसलाई फेरी राजतन्त तर्फ फर्काउने’ भन्दै नेता पाण्डेले ‘नेपाललाई अखण्ड राख्ने कि बिभाजन गर्ने, यही बिचको लडाइ भएकाले जितको लागि पनि ४ गते यसैमा मतदान गर्नुपर्छ’ भने ।
निर्वाचन क्षेत्र नम्बर २ (ख) मा हिजो र आज गरी विभिन्न स्थानमा बाम लोकतान्त्रिक गठबन्धनले कोणसभा गर्दै आएको छ । बिहीबार माओकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित पाण्डेले घ्याचोक, भच्चेक, ताकुमाझ लाकुरी बोट र ताकुकोटमा कोणसभा सम्पन्न गरेको थियो ।
आज (शुक्रबार) बाम लोकतान्त्रिक गठबन्धनले जौबारी, नयाँसाघु, हर्मी र वड्डाँडामा कोणसभा गर्दै छ । कोणसभालाई क्षेत्र नम्बर २ का प्रतिनिधी सभा उम्मेदवार एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रदेशसभा उम्मेदवार पाण्डे, नेपाली काँग्रेसकी नेता कमला पन्त र माओकेन्द्रका नेता नारायणकाजी श्रेष्ठले संबोधन गर्ने कार्यक्रम रहेको छ ।


