गोरखा । नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा गोरखा क्षेत्र @२ अन्तर्गत प्रदेश सभ (ख ) उमेदवार सुरेन्द्रराज पाण्डेले एमालेले दुई तिहाई बहुमत जोगाउन नसक्ने एमालेलाई फेरि भोट दिन नहुने बताएका छन ।
गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा आज आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्नु हुँदै उनले एमालेलाई भोट दिए देश फेरि ५ बर्ष बर्बाद हुने बताएका हुन ।
उनले बाम-लोकतान्त्रिक गठबन्धनलाई निर्वाचनमा भोट दिएर देशलाई समृद्धिको दिशामा लैजानु पर्ने बताए । पाण्डेले समृद्द रास्ट्र निर्मामका लागि अग्रगामी शक्तीको आबस्यकता रहेको भन्दै अहिले गठबन्धन त्यसै आधारमा बनेको उल्लेख गरे ।
उनले गोर्खाली जनताले भोलिको प्रधानमन्त्री हुने ब्यक्तीलाई अत्याधिक बहुमतले जिताएर पठाउनु पर्नेमा जोड दिए ।




















