गोरखा । गोरखमा आजदेखी मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सञ्चालन सम्बन्धि तालिम दिन सुरु गरिएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा खटिने कर्मचारीहरुको लागि तालिम दिन थालिएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
तालिममा चुमनुब्री, धार्चे, गण्डकी र आरुघाट गाँउपालिकाका कर्मचारीहरुको सहभागीता रहेको जिल्ला निर्वाचन अधिकारी टेक बहादुर कोइरालाले जानकारी दिए । तालिममा १८४ जनाको सहभागीता रहेको छ ।
प्रमुख निर्वाचन अधिकारी जिल्ला न्यायाधीश तेजेन्द्र प्रसाद शर्माले गोरखा क्याम्पासको सभा हलमा एक कार्यक्रम बीच तालिमको उद्घाटन गरेका थिए ।
तालिम कात्तिक २६ गतेसम्म सञ्चालन हुने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।




















