गोरखा । गोरखाको धार्चेमा बाम लोकतान्त्रिक गठबन्धनले आफ्ना जनबर्गिय संगठनहरुलाई प्रशिक्षण दिइएको छ ।
बुधबार माछखोलामा धार्चे गाउँपालिका स्तरिय प्रशिक्षण कार्यक्रम भएको नेपाली काँग्रेसका उप सभापति ईमान सिं बस्नेतले जानकारी दिए । उनका अनुसार गठबन्धनमा आबद्व युबाहरुलाई चुनाबी रणनिति बारे प्रशिक्षण गराइएको थियो ।
व्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका पूर्व मन्त्री लेखबहादुर थापाले अहिले गठबन्धनले जित्ने स्थिती भएपछि एमाले जनतामा भ्रम र्सिजना गर्न थालेको भन्दै मतदाताको घर घरमा पुगेर गठबन्धनलाई जित दिलाउने हिसाबले अगाडी बड्न युवाहरुलाई आग्रह गरे ।
प्रमुख अतिथी थापाले अहिले पनि प्रतिगमनलाई जित दिलायौ भने देश झनै अराजकता तर्फ जाने भएकाले गठबन्धलाई जिताउनुको बिकल्प नभएको बताए । थापाले गठबन्धनको पक्षमा ९० प्रतिशत मत दिलाएर गोरखालाई उदारणिय बनाउन पनि युवाहरुलाई आग्रह गरे ।
कार्यक्रममा माओवादीका छमबहादुर तमु, नेपाली काङ्ग्रेसका क्षेत्रिय सभापती नारायणप्रसाद लामिछने र धार्चे गाउँपालिकाका पूर्व उप प्रमुख फुलमायाँ गुरङ लगाएतले प्रशिक्षण गराएका थिए ।
कार्यक्रम वाईसियल नेपालका धार्चेका संयोजक सुशील गुरुङको अध्यक्षतामा भएको सम्पन्न भएको थियो ।


