गोरखा । गोरखा बजार क्षेत्र प्रदुषित हुदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले भोली बिहान बृहत्त सरसफाई कार्यक्रमको आयोजना गरेको छ । पर्यटकिय नगर गोरखा बजार प्रवेश क्षेत्रमा फोहर मैला बढेको भन्दै प्रशासनले सरसफाई कार्यक्रमको आयोजना गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार सरसफाई कार्यक्रम बिहीबार बिहान ७ बज गोरखा नगरपालिका–८ को कट्टेल चोकदेखी सुरु हुने छ ।
सरसफाई कार्यक्रमका लागि प्रशासनले गोरखा नगरपालिका, जिल्ला स्थित सबै सरकारी कार्यालय, संघ संस्था, उद्योग बाणिज्य संघ गोरखा र चेम्बर अफ कर्मश गोरखा र पत्रकार महासंघको समेत सहभागीता रहने प्रशासनले जनाएको छ ।
सरसफाई कार्यक्रममा सुरक्षा निकायको पनि उल्लेखिय सहभागीता रहने सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए ।


