गोरखा । गोरखा अस्पतालले बिरामीलाई दिने सेवामा बृद्वि गर्दै लैजाने क्रममा पहिलो पटक पाइलोनाइडल साइनसको सफल शल्यक्रिया सम्पन्न गरेको छ । आरुघाट गाउँपालिका ४२ बर्षिय १ जना पुरुषको सफल शल्यक्रिया गरिएको हो ।
चिकित्सकीय भाषामा यसलाई पाइलोनाइडल साइनसको समस्या भन्ने गरिन्छ । यसको शल्यक्रिया प्रक्रियालाई भने मोडिफाइड लिम्बर्ग फ्याल्प भन्ने अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले जानकारी दिए । उनका अनुसार यो पुठ्ठा को पुछार को हड्डी को तलपट्टी छालाको सतहमा देखिने प्वाल जुन नलि मार्फत भित्र खाली भाग बन्ने गर्दछ । यस्तो समस्या रौ भएका ब्यत्ति र लामो समय कुर्सी मा बसेर काम गर्नेहरु हुने गर्दछ । यस्तो समस्य भएका ब्याक्ती हरुलाइ त्यस्तो स्थानमा बारम्बार संक्रमण हुने गर्दछ ।
गोरखा अस्पतालका सर्जिकल टिम डा.माधव पौडेल, डा.साजन श्रेष्ठ र डा.अबिशेष श्रेष्ठ लगायत को चिकित्सकीय सटमले सोमबार सफल शल्यक्रिया गरेको थियो ।
बिरामी अहिले गोरखा अस्पतालमा नै स्वास्थ्यलाभ गर्दै उपचाररत रहेको पनि अस्पताल प्रशासनले जनाएको छ ।
जटिल प्रकृतिका यस्ता शल्यक्रिया गर्न गोरखा बासीहरुले राजधानी तथा चितवन पुगेर लाखौ रुपैयाँ खर्च गनुपर्ने बाध्यताबाट गोरखा अस्पतालको प्रयासले जोगाइदिएको छ ।




















