गोरखा । गोरखा अस्पतालमा रहेकाे फार्मेसीमा कार्यरत कर्मचारीकाे लापरवाहीका कारण एक बिरामीको ज्यान भएको भन्दै कर्मचारीलाई निलम्बन गरि कारवाहीकाे सिफारीस गरिएको छ ।
यहीँ कात्तिक १९ गते दिउँसो १ः१५ बजे गोरखा नगरपालिका–८, का बिनोद खत्रीको उपचारका लागि फार्मेसीमा भएको औषधी हुँदा हुदै पनि छैन भनि बाहिर लिन पठाउने क्रममा औषधी ल्याउन ढिलाई हुदाँ ज्यान गएको भन्दै फार्मेसीमा कार्यरत कर्मचारी जुनु राई लाई निलम्बन गरी कारवाही गर्न माग गरिएको हो ।
मृतकका भाई दिपक खत्री, वडा नम्बर ८ का वडाध्यक्ष ऋषिराम खत्री र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले संयुक्त हस्ताक्षर गरि राईलाई कानुन बमोजिम हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।
छाती दुखाईको समस्या लिई चेक जाँचका लागि अस्पतालमा र्आका खत्रीलाई चिकित्सकले परीक्षणपछि अस्पताल फार्मेसीको काउन्टरमा आफन्तलाई औषधी लिन पठाउदा सिफारिस गरिएको औषधी एस्पिरिन ३०० मिलिग्राम र क्लोपिडेज्रेल १५० मिलिग्राम फार्मेसीमा हुदाँहुदै पनि नभएको भनि बाहिर खोज्न पठाएकोमृतक पक्षको आरोप छ ।
खत्रीको मृत्यु पछि संयुत्त रुपमा अस्पतालको फार्मेसी अनुगमन गर्ने क्रममा सोही औषधी ७५ मिलिग्राम र १५० मिलिग्राम फेला परेको स्थानिय चन्दनबावु खत्रीले जानकारी दिए । अस्पताल बिकास समिति र पिडित पक्षहरु बिच गल्ती गरेका कर्मचारीलाई हदैसम्म कानूनी कारवाही गर्न सहमती भएको छ ।



