गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को निर्वाचन क्षेत्रमा वाइसिएलको कमाण्डर र सहकमाण्डर तोकिएको छ ।
नेकपा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय गोरखामा बसेको वाईसीएल नेपाल गोरखाको बिस्तारित बैठकबाट अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा गोरखा २ मा युवा परिचालनका लागि कमाण्डरमा वाइसिएलका केन्द्रीय सचिव सुदिप नगरकोटी र सह कमाण्डर केन्द्रीय सदस्य धिरज उपरकोटीलाई तोकिएको दिइएको हो ।
वाईसीएल नेपाल केन्द्रीय अध्यक्ष सुबोध श्रिपाली सहित वाईसीएल केन्द्रीय हेडक्वाटरको उपस्थितिमा पार्टी केन्द्रीय पोलिटब्युरो सदस्य तथा गोरखा जिल्लाका निर्वाचन परिचालन समितिका कमाण्डर हरिराज अधिकारी सहितको बैठकले यस्तो निर्णय गरिएको माओवादी केन्द्र गोरखाले जानकारी दिएको हो ।
नगरकोटी वाईसीएल नेपाल गोरखाको पूवईन्चार्ज समेत हुन ।


