गोरखा । गोरखा नगरपालिकाको फोहरमैला ब्यवस्थापन गर्दैै आएको क्लिन गोरखाले ४ दिनका लागि फोहर नठाउने भएको छ । फोहोरमैला उठाएर लैजाने बाटोमा पिच गर्न लागेको भन्दै ४ दिनसम्म फोहरमैला नउठ्ने जानकारी दिएको हो ।
क्लिन गोरखाले आज एक सूचना जारी गर्दै खोलखालेदेखी नगरपालिका गेटसम्म बाटोको स्तरोउन्नती गर्न लागेकोले फोहरमैला ब्यवस्थानमा समस्या आउने भन्दै कार्तिक २२ गते मंगलबारदेखी २५ गते शुक्रबारसम्म फोहर नठाउने जनाएको छ ।
क्लिन गोरखा प्रालिले आज जारी गरेको सूचनामा ‘गोरखा नगरपालिका भित्रको नियमित फोहोरमैला ब्यव्स्थापन गर्ने कार्य मिति २०७९/०७/२२ गते मंगरबारदेखी मिति २०७९/०७/२५ गते शुक्रबारसम्म खोलखोलेदेखी डम्पिङ साइट जाने बाटो गोरखा नगरपालिका कार्यलयको गेटसम्म स्तरउन्नति कालोपत्रे गर्ने कार्य भएकोले उक्त ४ दिन फोहरमैला ब्यवस्थापन गर्ने सवारी साधन नचल्ने ब्यहोरो सम्पुर्ण सदस्य ग्राहकहरुमा जानकारी गराउदछौ’ भनेको छ ।
पिच गर्ने कार्य सम्पन्न हुनासाथै कार्तिक २७ गते आइतबारदेखी नियमित रुपमा फोहोरमैला ब्यवस्थापन कार्य सुचारु हुने पनि क्लिन गोरखाले आज जारी गरेको सूचनामा भनेको छ ।



