गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले मंसिर ४ गते देश बनाउन नेता र राजनीतिक पार्टीलाई विस्थापित गनुपर्ने धारणा ब्यक्त गरेका छन् ।
शनिबार गोरखाको पालुङटारमा आयोजित चुनावी सभालाई संवोधन गर्दै उनले भने ‘मंसिर ३ सम्म हामीलाई, नेतालाई, पार्टीलाई गाली गर्न छुट छ, देश बनेन् भनेर गुनासो गर्नुहुन्छ, बनाउन नसक्नेलाई मंसिर ४ गते बिस्थापित गर्नुपर्छ’ भने ।
चुनावी सभालाई संबोधन गर्दै देश अहिले ओरालो तर्फ लाग्ने क्रममा रहेको भन्दै कृषि प्रधान देशमा पैसा तिरेर एक बोरा युरिया मल पाइएन भनेर किसानले गुनासो गर्ने गरेको बताए । उनले मलको लागि अरबौँ पैसा छुट्याए पनि कमिसनका कारण समयमा मल नपाउने गरेको सुनाए ।
उनले मतदातालाई भने ‘तपाई बिग्रनुहोस केही छैन तर तपाईलाई देश बिगार्ने छुट छैन । छोराछोरीको भविष्य बिगार्ने छुट छैन । यती कुरा याद गरेर मतदान गर्नु ।’
राप्रपाले सबैभन्दा धेरै उम्मेदवार उठाएको बताउँदै उनले कांग्रेस, माओवादी लगायत गठबन्धनका दल कसैलेपनि सय भन्दाबढि उम्मेदवार उठाउन नसकेको सभामा बताए ।
उनले आफैँ सरकार बनाउने ताकत गठबन्धनका कुनैपनि पार्टीले नराख्ने उनले दावी समेत गरे ।
अध्यक्ष लिङदेलले यो परिर्वतनको परिणाम एउटा राजा हटाएर अर्को राजपरिवार खडा भएको आरोप लगाउदै सरकारमा बसेकाहरुले नातागोता र आफन्तका लागिमात्रै काम गरेको बताए ।




















