गोरखा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो कोही पनि प्रतिस्पर्धी नभएको र नचिनेको बताए । निर्वाचन प्रचारप्रसारका क्रममा गोरखा सदरमुका आएका अध्यक्ष प्रचण्डले पत्रकारहरु संग कुरा गर्दै आफुले आफ्नो क्षेत्रमा कोही पनि प्रतिस्पर्धी नदेखेको र नचिनेको बताएका हुन ।
गठबन्धन दलहरुको चुनावी जन–भेटघाट तथा कोणसभा लागि गोरखा आएका प्रचण्डले आफ्नो चुनावी क्षेत्रमा कसलाई प्रतिस्पर्धी देख्नु भयो त ? भन्ने जिज्ञासामा ‘मैले त बास्तवमा प्रतिस्पर्धी जस्तो कोही पनि नभएको लागेको छ’ भन्दै प्रचण्डले ‘प्रतिस्पर्धी नै पत्ता लगाउन सकेको छैन को हो ? को हो ?’
अध्यक्ष प्रचण्डले पत्रकारहरुको जिज्ञासा मेटाउदै भने ‘प्रतिस्पर्धी को भन्ने चिनेको छैन र देखेको पनि छैन ।’ केही दिन अगाडीको कार्यक्रमको सम्झना गर्दै एकै दिनमा ४४ स्थानमा गरिएको कार्यक्रममा पनि आफुले आफ्नो प्रतिस्पर्धी नदेखेको बताए ।
चुनाव लगत्तै प्रधानमन्त्री बन्ने हल्ला चलेको छ नि त ? भन्ने जिज्ञासामा भने अध्यक्ष प्रचण्डले आफुले त्यस्तो घोषणा नगरेको तर साथीहरुले भाषणमा सम्भावित प्रधानमन्त्री भनेर भनेका मात्र हुन भन्दै तर देशको नेतृत्व गर्ने अवशर आएको खण्डमा त्यो अवस्थाबाट भने आफु नभाग्ने बताए । ‘त्यस्तो घोषणा कही पनि गरेको छैन । साथीहरुले भनि राख्नु भा छ । संभावित प्रधानमन्त्री पनि हो वहाँ भन्नु भा छ’ भन्दै अध्यक्ष प्रचण्डले भने ‘संभावित त म होइन भनेर किन भन्थेर । संभावना त हो । देशको नेतृत्व गर्ने अवशर आयो भने मैले त्यो अवशरबाट र त्यो जिम्मेवारीबाट पन्छने कुरा पनि भएन ।’
तर आफुले प्रधानमन्त्रीको निम्ती मरिहत्य नहाल्ने भन्दै त्यो कुरालाई पटक पटक सिद्व गरेको उदाहरण सुनाए । उनले सरकारको नेतृत्व गर्ने बिषयमा गठबन्धन भित्र कुनै पनि छलफल नभएको पनि जानकारी दिए ।
प्रचण्ड गठवन्धन दलको तर्फबाट गोरखा क्षेत्र नम्बर २ बाट संघमा र प्रदेश तर्फ सुरेन्द्रराज पाण्डे र फणिन्द्र देवकोटाको उम्मेदवारी रहेको छ ।


