गोरखा । संघ र प्रदेश निर्वाचनको लागि गठबन्धन गरेका दलहरुले आज गोरखाको विभिन्न स्थानमा कोणसभा गर्दै छ । कोण सभामा माओवादी केन्द्रका केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित नेपाली काँग्रेस र नेपाल समाजबादी पार्टीका उम्मेदवारहरुको सहभागीता रहेको छ ।
कार्यक्रम तालिका अनुसार शुक्रबार बिहान गोरखा नगरपालिका १३ र १४ नम्बर वडाको लागि याङकोटमा बिहान १० बजे कार्यक्रम सम्पन्न भएको नेपाली काँग्रेसका नगर सभापति चन्दनबावु खत्रीले जानकारी दिए ।
गोरखा नगरपालिकाकै रानीटारमा बिहान ११ः३० बजे वडा नम्बर १०, ११ र १२ को लागि कोण सभा सम्पन्न भएको छ ।
अबको केही बेरमा गोरखा नगरपालिकाको छेवेटारमा कोण सभा राखिएको सभापति खत्रीले जानकारी दिए । खत्रीका अनुसार १२ः४५ बजे छेवेटारको मिलनचोकमा कोण सभा गरिने छ । त्यस लगत्तै २ः३० बजे आहालेमा वडा नम्बर ८ र ९ को लागि कोण सभा गरिदै छ ।
कार्यक्रम अनुसार आजको कोणसभा गोरखा सदरमुकामको ठुलो आँगनमा आएर सकिने छ । गोरखा नगरपालिका ६ को ठुलो आँगनमा हुने कार्यक्रममा गठवन्धनका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे र नेपाल समाजबादी पार्टीका सुरेन्द्र देवकोटाले संबोधन गर्ने कार्यक्रम रहेको छ ।
तिनै जना क्षेत्र नम्बर २ बाट संघ र प्रदेशका लागि उम्मेदवारहरु हुन् । कार्यक्रममा गठवन्धनका भित्रका नेताहरु, कार्यकता र भातृ संगठनहरुको समेत सहभागीता रहने जानकारी दिइएको छ ।



