गोरखा । गोरखामा गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन बामलोकतान्त्रीक गठबन्धन सम्बद्द युवा संगठनहरुले १ बुथ १०० युथ परिचालन गर्ने भएका छन् ।
नेपाल तरुण दल, वाईसिएल नेपाल, युवा संघ नेपाल र नेपाल समाजवादी युवा संघको जिल्ला स्तरिय परिचालन प्रतिनिधिको बैठकले गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन १ बुथ १०० युथ परिचालन गर्ने निर्णय गरेको हो ।
संगठनहरु मातहतका स्थानिय समितिबाट प्रत्यक बुथबाट २ जना कमाण्डरको नामावली जिल्लामा केन्द्रित गराउने निर्णय पनि गरिएको वाइसियलका जिल्ला इन्चार्ज सागर श्रेष्ठले जानकारी दिए ।
त्यस्तै वडा मातहतका सबै समितिमा संगठनहरुका २÷२ जना रहने गरी परिचालन समिति बनाउने पनि बैठकमा सहमती भएको थियो ।
मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई मातदान गरी बिजयी गराउन युवा संगठनका अध्यक्षहरुले साँझा अपिल जारी गर्ने सहमती भएको तरुण दलका अध्यक्ष काजी गुरुङले जानकारी दिए ।
बामलोकतान्त्रीक गठबन्धनको मर्म र स्प्रिट मातहत सबै समिति, कार्यकर्तासम्म प्रवाह गर्ने र गठबन्धन विपरीत कार्य गर्नेलाई सम्बन्धित समिति मार्फत अनुशासनको कारबाही गरिने पनि बैठकले निर्णय गरेको अध्यक्ष गुरुङले बताए ।
सोही बैठकले कात्तिक २० गते जिल्लाका सबै स्थानीय तहमा चारै दलका युवा संगठनले संयुक्त बृहत भेला गर्ने निर्णय गरेको छ ।


