सन्दर्भ तस्बिर
गोरखा । उत्तरी गोरखाको उहियाका आज १ जना बिरामीलाई हेलिकोप्टरमार्फत उद्धार गरेर राजधानी लगिएको छ ।
नाक र मुखबाट निरन्तर रगत बगेरहेको ति बिमारीलाई प्रतिनिधि सभा उम्मेदवार समेत रहेका राजेन्द्र बजगाईको समन्वयमा हेली मार्फत राजधानी लगिएको हो ।
धार्चे गाँउपालिका—३ उहियाका ६३ बर्षिय पूर्णबहादुर घलेलाई मंगलबार अन्नपूर्ण एयर मार्फत उपचारका लागि काठमाण्डौको टिचिङ अस्पताल लगिएको हो ।
सोमबार दिउँसोबाट बिरामी परेका उहाँलाई राती नै आफन्त र छिमेकीले ५ घण्टाको पैदल यात्रा गरेर डोकोमा बोकी खोर्लाबेशी ल्याई पुर्याएको थिए । उपचारका लागि गोरखा अस्पताल ल्याउन खोजिएको भएता पनि उम्मेदरवार बजगाईको प्रयासमा उपचारको लागि राजधानी लगिएको हो ।
घलेको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि नेपाली काँग्रेसका नेता एवम गोरखा १ बाट प्रतिनिधि सभा उम्मेदवार बजगाईको समन्वयमा हेलिकोप्टर मार्फत काठमाण्डौ लगिएको बिरामीका आफन्त श्रीलाल गुरुङले जानकारी दिए ।
पर्यटन ब्यवसयी समेत रहेका बजगाईले यसअघि पनि उत्तरी गोरखामा विपत परेका बेला हेलिकप्टरमार्फत उद्धार र सहयोग गर्दै आएका थिए ।


