गोरखा । गोरखा नगरपालिकाका एक वडाध्यक्षको हिजो साँझ निधन भएको छ । निधन हुनेमा गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर राना भएको प्रहरीले पुष्टी गरेको हो ।
भाई टीकाका दिन परिवार सबै मिलेर रमाइलो गरेका रानाको साँझ अकास्मत निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । ‘हामी सबै मिलेर ५ बजेसम्म रमाइलो गर्यौ तर अहिले हामीले परिवारको एक सदस्यलाई गुमायौ’ परिवारका एक सदस्यले भने ।
आफ्नै घरमा एक्लै बसेका रानालाई साँझ ७ बजेमात्र घोप्टो परेर बसेको अवस्थामा फेला पारी गोरखा अस्पतालमा उपचारको लागि लगिएको थियो । चिकित्सकहरुले उनलाई तत्कालै मृत्त घोषित गरेका थिए । अस्पताल स्रोतका अनुसार रानाको ह्ट अट्याकका कारण ज्यान गएको हो ।
नेकपा एमालेको तर्फबाट वडाध्यक्ष भएका उनी गाउँमा सबैको सहयोगीको रुपमा परिचित छन् ।
राना सामुदायिक सेवा केन्द्र गोरखाको कार्य समिति सदस्य समेत भएको केन्द्रका सचिव शरद कट्टेलले जानकारी दिए ।
रानको मृत्त शरिरलाइ शव गृहमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनाललका अनुसार उनको श्रीमती भारतमा भएकोले आए पछि मात्र पोष्ट मार्टम गरिने र शव परिवारलाई बुझाइने छ ।




















