गोरखा । गोरखा अस्पतालमा कार्यरत चिकित्सक अबिनास पराजुली माथि भएको कुृटपिटको घटना प्रति राष्ट्रिय चिकित्सक संघ नेपालले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
संघले एक बिज्ञप्ति जारी गर्दै ड्युटीमा रहेका बिरामीको उपचाररत चिकित्सक माथि भएको सांघातिक हमला प्रति संघले गम्भीरले आपत्ती जनाएको हो ।
गोरखा अस्प्तालको बहिरंग बिभागमा चिकित्सा सेवा दिइरहेका डा.पराजुलीलाई केही अराजक व्यक्तिहरुले सांघातिक हमला गरेको घटनाको बिरोध गर्दै दोषी माथि कडा कारवाहीको माग गरेको छ ।
संघका महासचिव डा.पुष्पमणी खरालले जारी गरेको बिज्ञप्तिमा उपचारसंग सम्बन्धित बिषयमा चित्त नबुझेमा प्रचलित कानुन बमोजिम कारवाहीका लागि माग गर्ने प्रावधान हुदाँहुदै भौतिक रुपमा आक्रमणका कारण आतंक श्रृजना गरी सेवारत स्वास्थ्यकर्मीको मनोबल गिराउने कार्य अत्यन्त निन्दाजनक र भत्सना योग्य भएको उल्लेख गरिएको छ ।
घटनामा संलग्न सवैलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न समेत बिज्ञप्ती मार्फत माग गरिएको छ ।
गोरखा अस्पतालमा यही कात्तिक ६ गते आइतबारका दिन ४ः१५ देखी ४ः४५ बजेसम्ममा उपचारका क्रममा डा.पराजुली माथि अज्ञात समुहले कुटपिट गरेको थियो ।
कुटपिटमा संलग्नको पहिचान भईसकेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।



