गोरखा । गोरखामा म्यादी प्रहरीको तालिम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले गत असोज ३० गतेदेखी आसन्न निर्वाचनका लागि छनोट भएका म्यादी प्रहरीहरुलाई दिएको तालिम एक कार्यक्रम गरी सम्पन्न गरिएकोे प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रउ खनालले निर्वाचनलाई उच्च मनोबलका साथ निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन प्रहरी तथा म्यादी प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।
प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीको छनोट गरिएको हो । छनोटमा परेकाहरुलाई सदरमुकाम स्थित रङशालामा तालिम दिएको थियो ।
तालिम १० दिन सम्म चलेकोे जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


